कोभिड संक्रमित बैजनाथका ४९ वर्षिय पुरुषको भेरीमा मृत्यु

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । उपचारका क्रममा बैजनाथ गाउँपालिका-८ बाँकेका ४९ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

बैशाख ८ गते पीसीआर परीक्षण गरि बैशाख १८ गते थप उपचारका लागि भेरी अस्पतालमा भर्ना हुनुभएका उहाँको आज दिउँसो ३:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै कोभिडका कारण बाँकेका १६१ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech