कोरोनाको नयाँ रेकर्ड: नौ हजार बढी थपिए, ५४ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

नेपालगन्ज: नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र नौ हजार ७० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।पछिल्लो २४ घन्टामा थप ५४ जनाको मृत्यु भएको छ।

२० हजार ३ सय ६७ जनाको पिसिआर र ७७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा  नौ हजार ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन्। हाल ३१४ जना संक्रमित क्वारेन्टा्इनमा छन्। गत २४ घण्टामा २ हजार ७०७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech