भेरीमा पनि कोभिड संक्रमित गर्भवतिको सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

नेपालगन्जः भेरी अस्पतालमा कोभिड संक्रमित गर्भवतिको शल्यक्रियामार्फत बच्चा (छोरा ) निकालिएको छ ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा नवीन बुढाथोकी नेतृत्वको टीमले बर्दिया बढैयाताल गाउँपालिका-१ की २६ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत बच्चा निकालेको हो ।

चार बर्ष अघि पनि उनको शल्यक्रियाबाटै बच्चा निकालिएको थियो । सात दिन अघि कोरोना भाइरस संक्रमित ती महिला होम आइसोलेसनमा बसेकी थिइन् ।

बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा बुढाथोकीले जानकारी दिनुभयो । दिउँसो १ः २५ बजे शल्यक्रिया सम्पन्न भएको थियो । बच्चाको तौल ३ किलो रहेको छ ।

यसअघि नेपालगन्ज मेडिकल कलेजमा संक्रमितको शल्यक्रियामार्फत बच्चा निकालिने गरिएको थियो ।

 

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech