भेरीको कोभिड वार्डमा ३७ र ५५ वर्षका दुई संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकाका महिला र पुरुषको भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका-८ की ५५ वर्षीया महिलालाई २१ गते संक्रमण पुष्टि भएको थियो । उनले नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गराएकी थिइन् । उनी २२ गते भेरीमा भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मध्यान्ह १२ बजे मृत्यु भएको हो ।

यस्तै बैजनाथ गाउँपालिका-८ का ३७ वर्षीय पुरुषको पनि भेरीमै मृत्यु भएको छ । ती पुरुषलई गएको ८ गते भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

तर अक्सिजन लेभल घट्दै गएपछि उनी १७ गते अस्पताल भर्ना भए । उपचारकै क्रममा आज विहान १०ः३० बजे उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट १६० जनाले ज्यान गुमाएका छन् ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech