नेपालगन्ज निवासी पूर्वमन्त्री पहाडीको कोरोनाबाट निधन

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ। नेपालगञ्ज उपमहानगरपालिका १० का ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा गएराती निधन भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

उहाँलाई २० गते भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको थियो । तर अक्सिजनको लेभल घट्दै गएपछि उहाँलाई हिंजोमात्रै भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर उहाँको निधन भएको अस्पतालले जनाएको छ । उहाँ उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री हुनुभएको थियो । पछिल्लो समय उहाँ परिवारसहित नेपालगन्जमा बस्दै आउनुभएको थियो ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech