कोहलपुरः बाँकेको कोहलपुरका थप अर्का कोरोना संक्रमितको पनि मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१ का ७३ वर्षीय महिलाको मृत्यु भएको हो ।
उनलाई काठमाडौंमा कोरोना पुष्टि भएको थियो । काठमाडौंबाट कोहलपुर ल्याउनेक्रममा आज विहान ५ बजे उनको मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।
शीर्षकमा महिला हुनुपर्नेमा पुरुष हुन गएकोमा क्षमा चाहान्छौंः सम्पादक