कोहलपुरः कोरोना भाइरस संक्रमणबाट मेडिकल कलेज कोहलपुरमा थप एकजनाको मृत्यु भएको छ । शान्तिनगर ६ दाङकी ७५ वर्षीया महिलाको आज विहान ९ः १५ बजे मृत्यु भएको हो ।
१६ गते कोभिड पुष्टि भएकी ती महिला होम आइसोलेसनमा बसेकी थिइन् । स्वास्थ्यमा गाह्रो हुँदै गएपछि २२ गतेमात्रै अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै बाहिरी जिल्लाका मृतक संख्या १२८ पुगेको छ ।