विरामी नभएका आइसोलेसनले अक्सिजन सिलिन्डर जम्मा गर्दा अस्पतालमा अभावः मुख्यमन्त्री

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

नेपालगन्जः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारण बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिएको बताउनुभएको छ ।

अक्सिजन अभावमा ठाउँठाउँमा विरामीको मृत्युका खवर सार्वजनिक भएपछि मुख्यमन्त्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । कोरोनाका विरामी उपचार गराइरहेका अस्पतालमा अक्सिजनसँगै सिलिण्डरको अभाव चर्किन थालेको छ।

बिहीबार उहाँले सामाजिक सञ्जालमार्फत कोभिड–१९ को उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सहयोगको लागि अपिल पनि गर्नुभएको छ ।

अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिएको भन्दै उहाँले कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सम्बन्धित सबैले सहयोग गरौँ भन्नुभएको छ ।

बाँकेमा अक्सिजन अभावकै कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप संक्रमित भर्ना लिन बन्द गरेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech