नेपालगन्जका दुईजना कोरोना संक्रमितको मृत्यु

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।


    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७८, बुधबार

तस्विर: फाइल

नेपालगन्जः नेपालगन्जका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदो र नेपालगन्ज उपमहानगरपालिका-६ फुलटेक्राका पुरुष र महिलाको कोभिडबाट मृत्यु भएको हो ।

उनीहरुको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । कारकाँदोका ४२ वर्षीय पुरुषलाई २० गते कोभिड पुष्टि भएको थियो । उनी २१ गते भर्ना भएका थिए । उनको उपचारका क्रममा आज अपरान्ह ४ बजे मृत्यु भएको हो ।

फुलटेक्राकी ६२ वर्षीया महिला १७ गते अस्पताल भर्ना भएकी थिइन् । उनको १५ गते कोभिड पुष्टि भएको थियो । उनको पनि उपचारका क्रममा आज ५ः ३० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech