भेरी अस्पतालमा कोभिड संक्रमित नेपालगन्जका ४१ वर्षिय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा थप एकजना बिरामीको मृत्यु भएको छ । उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-३ बाँकेका ४१ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा बैशाख १५ गते पीसीआर परीक्षण गर्नुभएको उहाँलाई थप उपचारका लागि १७ बैशाखमा भेरीमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज दिउँसो २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा जिल्लाकै १४६ जनाले हालसम्म ज्यान गुमाईसकेको बाँकेका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभएको छ ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech