मेडिकल कलेजमा कोभिड संक्रमित ५० वर्षिया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७८, बुधबार

तस्विरः फाइल

कोहलपुर: कोरोना भाइरस संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेजमा थप एकजना बिरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा घोरोही उपमहानगरपालिका-१५ दाङका ५० वर्षिय महिलाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख २० गते पीसीआर परीक्षण गरि सोही दिन उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान १० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका कोभिड संक्रमित १२६ जनाको हालसम्म मृत्यु भईसकेको छ ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech