बाँकेमा २१ दिनमा २३११ जनाले कोरोना जिते, ८३ जनाले हारे

    • समिरमान श्रेष्ठ

  • २२ बैशाख २०७८, बुधबार

नेपालगन्जः बाँकेमा २१ दिनमा २ हजारबढीले कोरोना भाइरस संक्रमण जितेका छन् । त्यसमा १४ महिनाको दुधे बालकदेखि १ सय ११ बर्षकी बृद्धआमा समेत रहेका छन् ।

बैशाख १ गतेदेखि २१ गतेसम्म २ हजार ३ सय ११ जनाले भाइरस संक्रमण जितेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो पटक ३ सय ४२ जनाले भाइरसलाई पराजित गरेसँगै संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ३ सय ११ पुगेको हो । समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यबारे बढी ध्यान दिने हो भने भाइरस संक्रमणलाई पराजित गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

भेरी अस्पतालका मेसु डा प्रकाश थापाले ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या भए तत्काल पीसीआर परीक्षण गरेर रोग अनुसारको उपचार पाएकाहरुले भाइरसलाई पराजित गरेको बताउनुभयो ।

उहाँले संक्रमित पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले पनि अक्सोमिटरले अक्सिजन लेभल जाँच गर्ने, खानपिनमा केयर गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझावलाई फ्लो गर्नेहरुले भाइरसलाई जित्दै आएको बताउनुभयो ।

यो अवधिमा बाँकेमा संक्रमण दर पनि डर लाग्दोगरी बढेको तथ्यांकले देखाएको छ । २१ दिनमा जिल्लामा संक्रमितको संख्या ६ हजार १ सय ४३ पुगेको छ । अहिलेपनि जिल्लामा सक्रिय संक्रमितको संख्यया ४ हजार ६ सय ४६ रहेको छ ।

यस्तै २१ दिनको अवधिमा ८३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश युवा उमेर समूहका देखिएका छन् ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech