काठमाडौं: आउँदो जुलाई ४ सम्ममा ७० प्रतिशत वयश्क अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
यस्तै बाइडेनले १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि समेत खोप दिइने बताएका हुन् । कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा स्वतन्त्रता दिवस (जुलाई ४)सम्ममा देशका १६ करोड वयश्कलाई लगाईसक्ने लक्ष्य उनले सार्वजनिक गरेका हुन् ।
चाडै बालबालिकामा समेत खोप लगाउन सुरु गरिने बताउँदै उनले बालबालिकालाई फाइजर–बायोएनटेक भ्याक्सिन प्रयोग गर्ने बताएका हुन् ।
अहिलेसम्म १० करोड ५० लाख अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप लगाइ सकेका छन् ।