जुम्लामा आजदेखि निषेधाज्ञा जारी

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७८, बुधबार

जुम्लाः जुम्लामा कोरोना संक्रमण बढेपछि आजदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार राति १२ बजेदेखि बैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइका अनुसार विहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक बस्तु किनबेचका लागि खुला हुने भएपनि अरु समयमा बन्द गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो-‘यो समय निकै जोखिमयुक्त समय भएकोले सबैले स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्न जरुरी छ । आफु बचौँ, अरुलाई पनि बचाऔँ भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षाका क्रियाकलाप अपनाउन आग्रह गरिएको छ ।’

यसअघि केन्द्रले विद्यालय बन्द गर्ने, पन्ध्र जनादेखि बढी भिडभाड गर्न नपाइने, गाउँपालिका तथा नगरपालिकाले कोभिड सम्बन्धी रणनीति बनाउने निर्णय गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चोलागाइँले कोरोना संक्रमण फैलन नदिनको लागि सबै सचेत हुनु पर्ने बताउनुभयो ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech