होमआईसोलेसनमा बसेकालाई नेपालगन्ज उप–महानगरले किट उपलब्ध गराउने

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७८, मंगलवार

नेपालगन्जः नेपालगन्ज उप–महानगरपालिकाले होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने भएको छ ।

नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार बसेको कोभिड व्यवस्थापन अनूगमन समितिको बैठकले नगरक्षेत्रभित्र होम आईसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुको टोली घरमै पुगेर हरेक संक्रमितलाई किट उपलब्ध गराउने नगर उप–प्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

पिसिआर परीक्षणको तथ्यांक अनुसार नेपालगञ्जमा हाल दुई हजार ४०० जना होम आईसोलेसनमा बसेका छन् । बैठकमा होम आईसोलेसन बसेकाहरुलाई नियमित परामर्श दिने र उनीहरुको समस्यामा कसरी केन्द्रीत हुन सकिन्छ भनेर छलफल भएको थियो ।

बैठकमा वडा स्तरीय फोकलपर्सनहरुले रिपोर्टिङ गरेका थिए । स्वास्थ्यकर्मीहरुको समस्या समितिले तत्काल समाधानका लागि पहल गर्ने निर्णय गरेको स्वास्थ्यशाखा प्रमुख रामवहादुर चन्दले बताउनुभयो ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech