देशभर हाल झन्डै ८ सय संक्रमित आइसीयू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७८, मंगलवार

नेपालगन्जः देशभर हाल झन्डै ८ सय कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ६१६ आइसीयू र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७२० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा ९३ आइसियु र १८ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३२५ आइसियु र १२४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ४४ जना आइसियु र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आइसियु र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ३२ जना आइसियु र ७ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २९ जना आइसियु र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech