होम आइसोलेसनमा बसेका खजुराका कोभिड संक्रमित ६९ वर्षिय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा एकजना र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभभयो ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख १७ गते भेरी अस्पतालमा भर्ना हुनुभएका नेपालगन्ज-१० का ५२ वर्षिय पुरुषको १८ बैशाखमा पीसीआर परीक्षण गरिएको थियो । उहाँको आज बिहान ९ बजे स्वास्थ्यमा सुधार नआउँदा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

त्यस्तै बैशाख १९ मा कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहनुभएका खजुरा-२ का ६९ वर्षिय पुरुषको हिजो राती करिब ११:३० बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेहरुको संख्या १४३ पुगेको छ ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech