मेडिकल कलेज कोहलपुरमा थप चार संक्रमितको मृत्यु, १० मिनेटको अन्तरमा दुईजना

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७८, मंगलवार

नेपालगन्जः कोरोना भाइरस सक्रमणबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप चारजना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँके र कैलालीका दुई-दुई जना रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-१० का ७० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । संक्रमण पुष्टिपछि उनी १५ गते भर्ना भएका थिए । उनको उपचारका क्रममा राती ११ः ४० बजे मृत्यु भएको हो ।

यस्तै बैजनाथ गाउँपालिका-५ का ६२ वर्षीया महिलाको पनि कोभिडबाट मृत्यु भएको छ । १९ गते संक्रमण पुष्टि भएकी ती महिला २० गते भर्ना भएकी थिइन् । उनको आज विहान ६ः ३० बजे मृत्यु भएको हो । योसँगै भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बाँकेमा १४१ पुगेको छ ।

यस्तै मेडिकल कलेजमै कैलालीका दुईजनाको पनि मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोभिड पुष्टिपछि उनी २० गते भर्ना भएका थिए । उनको आज विहान ४ः ३० बजे मृत्यु भएको हो ।

यस्तै कैलाली बर्दगोरिया-६ का ८० वर्षीय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ । कोभिड पुष्टिपछि उनी १५ गते अस्पताल भर्ना भएका थिए । उनको पनि उपचारकै क्रममा ११ः ५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाहिरी जिल्लाका मृतक संख्या १२५ पुगेको छ ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech