कोरोनासँग लड्न नयाँदिल्ली सरकारद्धारा सेनाको सहयोग माग

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७८, मंगलवार

तस्बिर:बिबिसी

नेपालगन्जः कोरोना संक्रमणको महामारीसँग लड्न भारतको नयाँदिल्ली सरकारले सेनाको सहयोग मागेको छ ।

कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि दिल्ली सरकारले सेनाको सहयोग मागेको हो ।

सेनाको सहयोग माग्दै दिल्ली सरकारले रक्षा मन्त्रालयमा पत्र पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

नयाँदिल्ली कोरोनाको दोस्रो लहरबाट बढी प्रभावित क्षेत्रमध्ये एक हो । कोरोना संक्रमणका बिरामीहरु बढेपछि भारतको राजधानी नयाँदिल्ली आईसीयू बेड र अक्सिजनको कमीसँग जुधिरहेको छ ।

विगत एक हप्तादेखि भारतमा हरेक दिन तीन लाख भन्दा धेरै नयाँ संक्रमित फेला परिरहेका छन् । दिल्लीमामात्रै दैनिक २० हजारभन्दा धेरै जनामा संक्रमण पुष्टि भइरहेको छ ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech