कोरोनाको नयाँ रेकर्डः मृतक र संक्रमित संख्या हालसम्मकै उच्च, ७२० जना आईसीयू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७८, सोमबार

नेपलगन्जः नेपालमा कोरोना संक्रमितको नयाँ रकेर्र्ड कायम भएको छ। गत २४ घण्टामा सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या अहिले सम्मको उच्च हो।

१६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ३६२ पुगेको छ।

गत २४ घण्टामा मात्र सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या पनि अहिले सम्मकै उच्च हो।

देशभर हाल सात सय बढी कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५७८ आइसियु र १४२ जना भेन्टिलेटरमा गरी ७२० जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ५११ जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।

 

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech