बाँकेका अस्पतालमा थप सात संक्रमितको मृत्यु, आज बिहान मात्रै ६ जनाले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका दुई ठूला अस्पतालमा थप सात जनाको मृत्यु भएको छ । कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा चारजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीनजना गरि थप सात जनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सज तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा नेपालगन्ज-३ का ५१ वर्षिय पुरुष, नेपालगन्ज-१ का ६६ वर्षिय पुरुष, नेपालगन्ज-५ का ४८ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका-८ बाँकेका ६० वर्षिया महिला ,बढैयाताल गाउँपालिका-८ बर्दियाका ४७ वर्षिय पुरुष त्यस्तै खजुरा गाउँपालिका-२ का ३२ वर्षिय पुरुष र कोहलपुर-१५ का ६० वर्षिय पुरुष हुनुहुन्छ ।

नेपालगन्ज-३ का ५१ वर्षिय पुरुषले भेरी अस्पतालमा बैशाख ६ गते भर्ना हुनुभएको थियो । बैशाख ७ मा पीसीआर परीक्षण गर्नुभएका उहाँको आज बिहान ३:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। बैशाख १५ मा भेरी अस्पताल भर्ना भई १६ बैशाखमा पीसीआर परीक्षण गर्नुभएका नेपालगन्ज-१ का ६६ वर्षिय पुरुषको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ४ बजे मृत्यु भएको बताईएको छ ।

त्यस्तै नेपालगन्ज-५ का ४८ वर्षिय पुरुषले स्वास्थ्यमा समस्या आएपछि बैशाख ८ गते पीसीआर परीक्षण गर्नुभएको थियो । १४ बैशाखमा मेडिकल कलेज उपचारका लागि भर्ना हुनुभएका उहाँको हिजो राती ९:१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बैजनाथ गाउँपालिका-८ बाँकेका ६० वर्षिया महिलाले स्वास्थ्यमा समस्या आएपछि हिजो बैशाख १९ मा पीसीार परीक्षण गरि हिजो नै अस्पतालमा भर्ना हुनुभएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान १:२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि बैशाख १७ गते भेरी अस्पतालमा पीसीआर परीक्षण गरि १८ बैशाखमा थप उपचारका लागि भेरीमा भर्नाहुनुभएका बढैयाताल-८ बर्दियाका ४७ वर्षिय पूरषको आज बिहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै बैशाख ५ गते पीसीआर परीक्षण गरि बैशाख ७ मा उपचारका लागि भेरीमा भर्ना हुनुभएका खजुरा-२ का ३२ वर्षिय पुरुषको आज बिहान ८:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

उता कोहलपुर-१५ का ६० वर्षिय पुरुषले स्वास्थ्यमा समस्या आएपछि मेडिकल कलेजमा १७ बैशाखमा पीसीआर परीक्षण गरि सोहिदिन अस्पताल भर्ना हुनुभएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान करिब १ बजेतिर मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोभिड संक्रमणका कारण जिल्ला बाहिरका १२२ जनार जिल्लाका १३५ जनाको मृत्यु भईसकेको छ ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech