भारतमा ३४ लाख बढी कोभिडका सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७८, सोमबार

तस्बिर:बिबिसी

काठमाडौं: करिब नियन्त्रण बाहिर रहेको कोरोना भाइस संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४२२ जनाको मृत्यु भएको छ । संक्रमणका कारण हालसम्म भारतमा २ लाख १८ हजार ९४५ जनाको मत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

निरन्तर संक्रमण दर उकालो लागिरहेको भारतमा शनिबार भन्दा केहि कम ३ लाख ७० हजार ५९ संक्रमित थपिएका छन् । यसअघि शनिबार ३ लाख ९२ हजार बढीमा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म भारतमा करिब एक करोड ५२ लाख बढीले कोभिड संक्रमण जितिसकेका छन् । त्यस्तै देशभर ३४ लाख बढी सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

कुल संक्रमित संख्याका आधारमा अमेरिका पछि दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९९ लाख नाघेको छ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech