कोहलपुर: नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित ८२ वर्षिय वृद्धको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका ४ बाँकेका उहाँको स्वास्थ्यमा समस्या आएपछि हिजो मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । आज अस्पताल भर्ना हुनुभएका उहाँको आजै साझँ ७ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
योसँगै बाँकेमा कोभिडका कारण हालसम्म ज्यान गुमाउनेहरुको संख्या १२९ पुगेको छ ।