अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन निर्देशन दिएको छ । मन्त्रालयले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भइ सेवामा खटिन भनेको हो ।

मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालहरुमा खटाउन सकिने निर्णय भएको समेत जनाएको छ ।

त्यस्तै बैठकले कोभिड–१९ परीक्षण प्रयोगशालाहरूलाई सातै दिन २४ सै घण्टा परीक्षण सेवा प्रदान गर्न निर्देशन समेत दिएको छ ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech