३७ वर्षिय युवा सहित अन्य दुईजनाको कोभिड संक्रमणका कारण मृत्यु

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोभिड संक्रमित थप तीन जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुई जना र आयुर्बेद अस्पताल कोहलपुरमा एकजना गरि थप तीन जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

उपचारका क्रममा कोहलपुर नगरपालिका १५ का ४२ वर्षिय पुरुष, बनगाड कुपिन्डे १ सल्यानका ३७ वर्षिय पुरुष र नेपालगन्ज उपमहानगरपालिका-१० का ४४ वर्षिय महिलाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका-१५ का ४२ वर्षिय पुरुषले बैशाख १० गते मेडिकल कलेजमा पीसीआर परीक्षण गर्नुभएको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि आयुर्बेद अस्पताल कोहलपुरमा भर्ना भई उपचार सुरु गरेको भएपनि आज बिहान १० बजे उहाँको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि बैशाख ८ गते भेरीमा पीसीआर परीक्षण गरि बैशाख १० मा उपचारका लागि भर्ना हुनुभएका बनगाड कुपिन्डे-१ सल्यानका ३७ वर्षिय पुरुषको स्वास्थ्यमा सुधार नआउँदा आज दिउँसो ३ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

त्यसतै नेपालगन्ज उपमहानगरपालिका-१० का ४४ वर्षिय महिलाले १४ बैशाखमा पीसीआर परीक्षण गरि उपचारका लागि १७ बैशाखमा भेरीमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार नआउँदा आज ४ बजे उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा जिल्ला बाहिरका १२१ जना र जिल्लाका १२८ जनाले हालसम्म कोभिड संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech