बाँकेमा ठूलो संख्यामा संक्रमित थपिए, सबैभन्दा बढी नेपालगन्जका

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आइतवारपनि ठूलो संख्यामा कोरोनाका नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा ५८३ नमुना परीक्षण गरिएकोमा ३७५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

तिमध्ये २१५ पुरुष र १६० महिला छन् । संक्रमण पुष्टि भएका मध्ये बाँकेका मात्रै ३१६ जना छन् ।

यो ८४ प्रतिशत अनुपात हुन आउँछ । त्यसमा पनि नेपालगन्ज उपमहानगरपालिकाका २५६ जना छन् । यो ६८ प्रतिशत हो ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech