झाडापखालाबाट दुई बालकको मृत्यु, दर्जन दुधे बालक बिरामी

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

जाजरकोटः जिल्लाको कुशे गाउँपालिका–८, औलरिजामा झाडापखालाले दुई बालकको मृत्यु भएको छ । पखालाका कारण औलरिजामा एक वर्षीय पुजना तिरुवा र ९ महिनाका जगत खड्काको मृत्यु भएको हो । पखाला लाग्ने, वान्ता हुने र ज्वरो आउने लगायत लक्षण देखा परेका दुवै जनालाई उपचारमा लैजाँदै गर्दा मृत्यु भएको हो ।

छोरा जगतलाई पखालाका साथै वान्ता आउन थालेपछि उपचारका लागि स्थानीय मेडिकलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बाबु खिमबहादुर खड्काले बताउनुभयो । झाडापखालाले गाउँमा दर्जन बढी दुधे बालक बिरामी परेको खड्काले बताउनुभयो ।

बालबालिका बिरामी परेको खबर आएपछि जाजरकोट अस्पतालका डा इन्द्र थापाको टोली औषधिसहित औलरिजा पुगेको डा अमिन शाहले बताउनुभयो । टोलीले औलरिजामा झाडापखालाका ४० ५० जना बिरामीको उपचार गरेको डा शाहले बताउनुभयो ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech