बेलझुन्डीस्थित कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

घोराहीः कोरोना विशेष अस्पताल बेलझुन्डी दाङमा आइतबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो ।

वैशाख १२ गते अस्पताल ल्याइएका उनको वैशाख १२ गतेदेखि उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनलाई निमोनियासमेत भएको थियो ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार शनिबार मात्रै अस्पताल पुर्‍याइएका उनको एचडीयू बेडमा राखेर उपचार भइरहेको थियो ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech