२५ मिनेटको अन्तरमा दुई संक्रमितको मृत्यु, बाँकेकी २३ वर्षीया युवतीले पनि कोरोनासँग हारिन्

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट २३ वर्षीया युवतीको मृत्यु भएको छ । जानकी गाउँपालिका-४ बाँकेकी ती युवतीको उपचारका क्रममा भेरी अस्पतालमा आज मृत्यु भएको हो ।

१७ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । उनी १८ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा आज विहान ११ः ३० मा मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

यस्तै भेरीमा उपचाररथ सल्यानका ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बागचउर नगरपालिका-११ सल्यानका ती पुरुष गएको १४ गते अस्पताल भर्ना भएका थिए ।

उनको १३ गते संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको आज विहान ११ः५५ बजे मृत्यु भएको हो । योसँगै जिल्ला बाहिरका १२० जनाको मृत्यु भएको छ ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech