होम आइसोलेसनमा बस्नुभएका ६९ वर्षीया महिलाको अस्पताल लग्दालग्दै मत्यु

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित थप दुईजना बिरामीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-२ का ६९ वर्षिय महिला र बैजनाथ गाउँपालिका-७ बाँकेका ५८ वर्षिय महिलाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

कोहलपुर नगरपालिका-२ का ६९ वर्षिय महिलाको स्वास्थ्यमा समस्या आएपछि बैशाख १५ गते पीसीआर परीक्षण गर्नुभएको थियो । होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहनुभएको उहाँको स्वास्थ्यमा थप समस्या आएपछि उपचारका लागि अस्पताल लग्दा लग्दै मृत्यु भएको हो ।

यस्तै बैजनाथका ५८ वर्षिया महिला नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि बैशाख १५ गते भर्ना हुनुभएको थियो । १६ बैशाखमा पीसीआर परीक्षण गर्नुभएका उहाँको आज बिहान ९:२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेका १२५ जनाले ज्यान गुमाएका छन् ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech