कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मीको टोली नेपालगन्ज आइपुग्यो, आजैदेखि भेरीमा खटिने

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसतिहको टोली सहयोगको लागि नेपालगन्ज आइपुगेको छ ।

प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा प्रविण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको ६ सदस्यीय टोली नेपालगन्ज आइपुगेको हो । टोली आजैदेखि भेरी अस्पतालको कोभिड वार्डमा खटिने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटिने भएको हो । ईन्चार्ज गिरीसहित टोलीमा डा अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जीङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहनुभएको छ ।

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा इमडी टीम बनाएको छ । उक्त टीमले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्ने गर्छ । यो टीम निश्चित समयका लागि परिचालन हुने गरेको छ । नेपालगन्ज आएलगत्तै स्वास्थ्य पेजसँग कुरा गर्दै डा गिरीले १० देखि १४ दिनसम्म भेरीमा बसेर उपचारमा सहयोग गरिने बताउनुभयो ।

भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेको भन्दै आफ्नो नेतृत्वको टोलीले त्यसमा सहयोग र सहजिकरण गर्ने डा गिरीले बताउनुभयो ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech