पालिकाको आइसोलेसनमा भर्ना भएको भोलिपल्टै मृत्यु

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

नेपालगन्जः बर्दियामा पनि पालिकाले बनाएको आइसोलेसनमा उपचारार्थ एकजना संक्रमितको मृत्यु भएको छ ।

मधुवन नगरपालिकाले बनाएको आइसोलेसनमा उपचारार्थ मधुवन नगरपालिका-४ वादरभरियाकी ७२ वर्षीया महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १७ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

कोभिड पुष्टिपछि उनलाई हिंजो ६ बजे पालिकाको आइसोलेसनमा लगेर भर्ना गरिएको थियो । उनको आज विहान ५ बजे मृत्यु भएको हो ।

यसअघि बाँकेको खजुरा पालिकाले बनाएको आइसोलेसनमा पनि एकजना संक्रमितको मृत्यु भएको थियो ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech