१४ महिने कोभिड संक्रमित बालक सहित ३०५ जना निको भए

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

नेपालगन्ज: कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएको बाँकेमा संक्रमणबाट निको भएर डिस्चार्ज हुनुेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । आईतबार जिल्लाका संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ३०५ जना डिस्चार्ज भएका छन् ।

१४ महिने बालक सहित १४२ जना महिला र  १६३ जना पुरुष गरि ३०५ जना कोरोना संक्रमति डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

हिजो शनिबार २५० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए । बाँकेमा अधिकांश संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech