नेपालगन्ज: कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएको बाँकेमा संक्रमणबाट निको भएर डिस्चार्ज हुनुेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । आईतबार जिल्लाका संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ३०५ जना डिस्चार्ज भएका छन् ।
१४ महिने बालक सहित १४२ जना महिला र १६३ जना पुरुष गरि ३०५ जना कोरोना संक्रमति डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
हिजो शनिबार २५० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए । बाँकेमा अधिकांश संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।