भारतमा कोभिड संक्रमण नियन्त्रण बाहिर, एकैदिन करिब चार लाखमा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

तस्बिर:बिबिसी

काठमाडौं: भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ९५ लाख ५७ हजार ४५७ पुगेको छ ।

संक्रमणकै कारण गएको २४ घण्टामा ३६ सय ८९ जनाले ज्यान गुमाएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । हालसम्म कोभिड संक्रमणका कारण भारतमा २ लाख १५ हजार ५४२ जनाले ज्यान गुमाइसकेका छन् । हाल भारतमा कोभिडका ३३ लाख ४९ हजार ६४४ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

संक्रमण करिब नियन्त्रण बाहिर गएको भारतमा हालसम्म १५ करोड ६८ लाख १६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक डोज लगाईसकेका छन् ।

शनिबारदेखि १८ वर्षमाथिका सबैलाई भारतले खोप लगाउन थाले पनि खोपको अभाव हुँदा अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech