फेरी १८२ संक्रमित थपिए, आजै २५० जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

नेपालगन्ज: बाँकेमा आज थप १८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा १७४ जना र जमुनाह नाकामा ८ जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा थप १८२ जना संक्रमित थपिएका हुन् ।

मेडिकल कलेजमा २४२ नमुना परीक्षण गर्दा १७४ जना र जमुनाह नाकामा ६२ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

बागेश्वरी ल्याबको रिर्पोट भने आइसकेको छैन । यसअघि भेरी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २५३ जनामा संक्रमण पुष्टि भएको थियो । ३२८ नमुना परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको थियो ।

बाँकेमा शनिबार कोरोना भाइरस संक्रमण जितेर २५० जना डिस्चार्ज भएका छन् ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech