सीसीएमसी बैठकका १२ निर्णय: होटल क्वारेन्टिनमा नबस्ने विदेशीलाई जरिवाना

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

काठमाडौंः कोभिड-१९ क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को शुक्रबार बसेको बैठकका निर्णय शनिबार सार्वजनिक भएका छन्।

बैठकले निषेधाज्ञा भएका उपत्यका र ठूला सहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्ने लगायत विभिन्न निर्णय गरेको हो। त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्ने सीसीएमसीले जनाएको छ।

अत्यावश्यक बाहेकका अन्य सेवा र कार्यालय एक चौथाई कर्मचारीले सञ्‍चालन गर्न सकिनेसमेत बताएको छ। बैठकले जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास  मात्र मान्य हुने निर्णयसमेत गरेको छ।

होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल डिपोट गर्ने प्रक्रिया अघि बढाउनेसमेत निर्णय गरेको छ ।

बैठकका निर्णय 

-निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चातलन गर्ने, नेपाल राष्ट्रस बैंकले यसमा सहजीकरण गर्ने।

-अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चारलन गर्ने।

-काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने।

-कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चाालन गर्ने।

-कोभिड(१९ को रोकथाम, नियन्त्र ण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा , अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चािलन गर्ने।

-सार्वजनिक निर्माणका कार्यहरूमा संलग्ना श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्नेस।

-आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गरम र गन्तव्य प्रष्टो उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चा्लन गर्ने।

-काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वा्रेन्टिनमा बस्नेधहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू अनुगमन गर्ने।

-होम क्वायरेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने।

-होटेल क्वारेन्टिवनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल Deport गर्ने प्रक्रिया अघि बढाउने।

-होटेल क्वारेन्टिवनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने।

-होटेल क्वाररेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चारलकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने।

-आमसञ्चार माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारितरप्रकाशित गर्न अनुरोध गर्ने।

-सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech