कोरोनाबाट दुई दिनको अन्तरमा आमा छोराको मृत्यु

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

विराटनगरः कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो ।

बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

८४ वर्षीय आमाको मृत्यु भएकै दिन ६५ वर्षीय छोरालाई विराट मेडिकल कलेज भर्ना गरिएको थियो । विराटबाट थप उपचारका लागि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

केन्द्रका संयोजक बैजनाथ साहका ती पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो ।

 

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech