नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि,उपचारका लागि नर्भिकमा भर्ना

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । कोभिड संक्रमण पुष्टि भएर निमोनिया देखिएपछि उहाँलाई शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

‘कोरोनाको सामान्य लक्षण देखिएको र अवस्था सामान्य नै रहेको उहाँको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभएको छ । अस्पताल श्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट पाँच लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ ।

उहाँको स्वास्थ्य अवस्थाबारे अस्पतालले औपचारिक विज्ञप्ति निकालेर जानकारी दिनेछ ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech