कोभिडका कारण हालसम्म नेपालमा ३२९८ जनाले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ज्यान गुमाउनेहरुको संख्या ३ हजार २९८ पुगेको छ । मन्त्रालयमा गएको २४ घण्टामा १९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको रिर्पोट भएपछि हालसम्म कोभिड संक्रमणको कारण ज्यान गुमाउनेका संख्या ३ हजार २९८ पुगेको हो ।

संक्रमण दर बढ्दै जादा देशैभर मृत्युदर पनि त्यही गतिमा बढिरहेको छ । संक्रमण पुष्टि हुनेहरु अहिले अधिकांश लक्षण सहितका रहेको चिकित्सकहरुले बताएका छन् ।

हाल देशभर ५ सय बढी कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । ४०१ जना आइसियु र ११० जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech