कोभिड संक्रमित १२८७ जना निको भए, ५७६३ जना थपिए

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ४०३ जनाको नमुना परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७ जना गरि कुल ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । गएको २४ घण्टामा संक्रमण मुक्त भएर देशभरबाट १ हजार २८७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर १९ जनाको मृत्यु भएको मन्त्रालयमा रिर्पोट भएको छ । कोभिडका ४३ हजार २१३ जना संक्रिय संक्रमित अहिले स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech