कोभिड संक्रमणका कारण बाँकेका अस्पतालमा थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेजमा एक-एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-६ दाङका ४६ वर्षिय पुरुष र नेपालगन्ज उपमहानगरपालिका-४ बाँकेका ५८ वर्षिय महिलाको कोभिड संक्रमणका कारण मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

तुलसीपुर-६ दाङका ४६ वर्षिय पुरुष स्वास्थ्यमा समस्या आएपछि बैशाख १३ गते भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसको भोलीपल्ट पीसीआर परीक्षण गर्नुभएका उहाँको आज दिउँसो ३ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

नेपालगन्ज-४ का ५८ वर्षिय महिला उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा बैशाख १५ गते भर्ना हुनुभएको थियो । १६ बैशाखमा कोभिड टेस्ट गर्नुभएको उहाँको आज बिहान ९:१५ बजे मृत्यु भएको हो।

योसँगै कोभिड संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरका ११८ र जिल्लाका १२० जनाले ज्यान गुमाईसकेका छन् ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech