कैलालीका दुई र कंचनपुरका एक संक्रमितको धनगढीमा मृत्यु

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

धनगढीः धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

यस्तै, धनगढीस्थित नोभा अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का २८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।स्पतालमै मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech