कोरोनाबाट नेपालगन्जका ४५ वर्षका पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिका-१ धम्वोजीका ४५ वर्षीय पुरुषको मृत्यु भएको ।

उनको भेरी अस्पतालमा उपचारका क्रममा आज विहान १०ः ३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि ती पुरुष १५ गते अस्पताल भर्ना भएका थिए ।

१६ गते पीसीआर रिपोर्ट पोजेटिभ आयो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १९ पुगेको छ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech