डडेल्धुरा अस्पतालका शैया भरिए, थप भर्ना लिन बन्द

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

डडेल्धुराः कोरोना भाइरस संक्रमितले डडेडेल्धुरा अस्पतालका शैया भरिएका छन् । शैया अभावमा थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्था आएको अस्पतालले जनाएको छ।

अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसीयू र एचडियूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो।

डडेल्धुरा अस्पताल संघीय सरकार मातहत रहेको प्रदेशको एक मात्र अस्पताल हो। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जगदिशचन्द्र विष्टले अक्सिनजले धान्न नसकेर बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

‘अक्सिजन आवश्यक पर्नेलाई रेफर गर्नेछौं। बेड मात्र भएर के गर्ने अक्सिजन अभाव भइसक्यो’-उहाँले भन्नुभयो । अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट छ। त्यसको दैनिक ११ जनालाई मात्रै अक्सिजन दिनसक्ने क्षमता रहेको मेसु विष्टले बताउनुभयो ।
‘प्लान्टबाट दैनिक २७ सिलिण्डर भर्ने क्षमता हो, जसले ११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सक्छ तर अहिले १६ जनालाई अक्सिजन दिएका छौं’-उहाँको भनाइ छ ।

अस्पतालले पाइपलाइनबाट अक्सिजन बेडसम्म पुर्‍याउने व्यवस्था गरेको छ। डडेल्धुरा अस्पतालमा अहिले १६ जना कोभिड सक्रमित बिरामी छन्। तीमध्ये ३ भेन्टिलेटरमा छन् भने सबैलाई अक्सिजनमा राखिएको छ। यस अस्पतालमा आइसियू बेड ८ र एचडियू गरेर २१ बेड कोरोना संक्रमितका लागि तयार पारिएको छ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech