भेरी अस्पतालमा थप २५३ नयाँ संक्रमित थपिए, बालबालिकामा पनि संक्रमण

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

नेपालगन्ज: नेपालगन्जस्थित भेरी अस्पतालमा थप २ सय ५३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय २८ नमुना परीक्षण गरिएकोमा २ सय ५३ जनामा भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

यसको अनुपात ७७ दशमलव १३ प्रतिशत हुन आउँछ । त्यसमा १ सय १८ महिला र १ सय ३५ पुरुष छन्। २ वर्ष देखि ८२ बर्षसम्मकालाई भाइरस पोजेटिभ देखिएको छ ।

संक्रमितको औसत उमेर ४० वर्ष रहेको भेरीले जनाएको छ । २० देखि २९ वर्ष उमेर समुह सबैभन्दा बढी प्रभावित देखिएको छ । र त्यसपछि ३० देखि ३९ वर्ष उमेर समुहका छन् ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech