२०५ जना निको भए, ६२८ थपिए

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

नेपालगन्ज: बाँकेमा आज ६२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न तीनवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ६२३ जना र जमुनाह स्थित हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा ५ जना गरि कुल ६२८ जनामा संक्रमण पुष्टि भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

८९६ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको हो । भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३४५ नमुना परीक्षण गर्दा २२७ जना, नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा २८४ नमुना परीक्षण गर्दा २२८ जना र बागेश्वरी ल्याबमा १९६ नमुना जाँच गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाहरुले जनाएका छन् ।

उता जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना संक्रमित भेटिएका छन् । आज जिल्लामा संक्रमण जितेर २०५ जना डिस्चार्ज भएका छन् ।

८७ जना महिला र ११८ जना पुरुष शुक्रबार संक्रमण मुक्त भई डिस्चार्ज भएको कोभिड फोकलपर्सन ओलीले बताउनुभएको छ ।

 

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech