स्वास्थ्य मन्त्रालयले भन्यो–‘बाँकेसहितका २२ जिल्लामा थेक्न मुस्किल भइसक्यो, नागरिकहरु संवेदनशिल भइदिनुहोस् ।’

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा जिल्लामा थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले सतर्क रहन अनुरोध गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो।

मन्त्रालयका अनुसार बाँके, दाङ, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कंचनपुर, मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, र कास्कीमा संक्रमण उच्च दरमा फैलिरहेको छ।

यी जिल्लामा संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेको छ। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको मन्त्रालयले भनेको छ । मन्त्रालयले सबै दाजुभाई दिदी बहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध समेत गरेको छ ।

संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू मास्क लगाउने भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने उपाय अपनाउन मन्त्रालयले अनुरोध गरेको छ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech