नेपालगन्जमा अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालनमा, सिरोहियाको सहयोग

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको अक्सिजन सहितको आईसोलेसन केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैयाको आईसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।

केन्द्रको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमवहादुर राना, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहको उपस्थितीमा आईसोलेसन केन्द्रको सञ्चालन भएको हो ।

नगर प्रमुख राणाले आईसोलेसन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले कोरोना संक्रमण समुदायस्तरमा देखिएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि जिल्लाबासी सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

उपप्रमुख उमा थापा मगरका अनुसार आईसोलेसनमा बस्नेहरुलाई खाना र खाजाको समेत व्यवस्था गरिएको छ । यसैगरी विरामी ल्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा समेत दिइनेछ । उप–महानगरपालिकाका २३ वटै वडामा रहेका होम आईसोलेसन फोकल ब्यक्तिहरुको सिफारिसका आधारमा संक्रमितहरुलाई आईसोलेसनमा राखिने भएको छ ।

सिरोहियाको सहयोग
नेपालगञ्ज उप–महानगरपालिकाको आईसोलेसनका लागि कान्तिपुर पब्लिकेशनका निर्देशक स्वस्तिका सिरोहियाले ६ थान अक्सिजन कन्सन्टेटर सहयोग गर्नुभएको छ । यसको मुल्य प्रति एकथान ८५ हजार रुपैयाँ हो ।

कान्तिपुर नेपालगञ्ज कार्यालयका प्रमुख अशोक श्रेष्ठले शुक्रबार नेपालगञ्जका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गर्नुभयो । सिरोहियाले नेपालगञ्जमा थप मेडिकल सामग्री सहयोग गर्ने बताउनुभएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech