कडा कोभिड, ३६ वर्षीय युवकको भर्ना भएकै राती मृत्यु

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

नेपालगन्जः बाँके खजुराका एकजना युवकको भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

खजुरा गाउँपालिका ४ का ३६ वर्षीय युवकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । उनी हिंजो अस्पताल भर्ना भएका थिए ।

उनको आज पीसीआर परीक्षण गरिएको थियो । दिउँसो ३ बजे रिपोर्ट पोजेटिभ आयो । तर उनको राती १ः ३५ बजे नै मृत्यु भइसकेको थियो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११५ पुगेको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech